आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्म देशको आयात र निर्यात दुवैमा कमी आएको हो । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिका्े तुलनामा आयात २.३९ प्रतिशतले कम हो ।...