सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्यो, आज तोलामा कतिले बढ्यो ?
काठमाण्डौ । सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ ।

