सागर डिष्टिलरीको आइपीओमा पहिलो दिनमै ४ गुणा बढी आवेदन
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै ४।०६ गुणा बढी आवेदन परेको हो । आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख १६ हजार ६४६ जनाले ४८ करोड ३८ लाख २२ हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा ४ गुणा बढी हो ।कम्पनीले...

