• आईतवार, भाद्र २९,२०८२ 09:15:31
Global IME Bank Limited

सेयर कारोबार असोज ५ गतेदेखि खुल्ने: सुरुमा दैनिक २ घण्टा मात्र, सर्किट नियम पनि परिवर्तन हुने

Hyundai Nepal
सेयर कारोबार असोज ५ गतेदेखि खुल्ने: सुरुमा दैनिक २ घण्टा मात्र, सर्किट नियम पनि परिवर्तन हुने

काठमाण्डौ । केही सुरक्षा कवचसहित नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कारोबार आगामी असोज ५ गतेदेखि खोल्ने तयारी गरिएको छ।  

पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले बजारमा सकेसम्म कम क्षति हुने हिसाबले पर्याप्त प्रिकसन(सुरक्षा उपाय)सहित सेयर कारोबार खुलाउने विषयमा पहल थालेको हो ।  

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताहरुको बजार खुलाउनुपर्ने बढ्दो मागलाई मध्यनजर गरी फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज र सेयर राफसाफ गर्ने प्रमुख निकाय सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई बोलाएर छलफल सुरु गरेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोर्ड अध्यक्षले आइतबार खुमलटारस्थित कार्यालयमै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं र सिडिएससीकी प्रबन्ध निर्देशक प्रविन पन्दाकलाई बोलाएर बजार कसरी खुलाउने, कस्ता–कस्ता प्रिकसन अपनाउने र लगानीकर्तालाई बढी क्षति हुनबाट जोगाउन तत्कालै कस्ता–कस्ता नियम परिवर्तन गर्ने भन्ने विषयमा छलफल चलेको थियो ।  

स्रोतका अनुसार छलफलमा सहभागी तीनवटै निकायका कार्यकारी प्रमुखहरुबीच यसअघि घोषणा भएअनुसार नै असोज २ गतेअघि बजार नखुलाउने विषयमा मोटामोटी सहमति भएको छ । आवश्यक तयारी र सुरक्षा उपाय अपनाएर आगामी असोज ५ गतेदेखि सेयर कारोबार खुलाउने विषयमा तीनवटै निकाय सकारात्मक देखिएका छन् । ठ्याक्कै निर्णय त भएको छैन, तर तीनवटै निकायका प्रमुखको असोज ५ गतेदेखि सेयर कारोबार खुलाउने विषयमा सहमति देखिएको छ । त्यही हुन्छ होला । स्रोतले भन्यो ।  

यस्ता हुनसक्छन् सुरक्षा उपाय

देशमा ठूलो राजनीतिक परिवर्तन भएको, सो क्रममा निजी क्षेत्र तथा लगानीकर्ताहरुलाई टार्गेट बनाई निर्मम प्रहारहरु भएका र यस्ता गतिविधिबाट लगानीकर्ता तथा निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा सेयर बजारमा त्यसको प्रतिबिम्ब भरसक नपरोस् भन्ने विषयमा समेत छलफल केन्द्रीत भएको बुझिएको छ।  

देश अप्ठ्यारो अवस्थामा रहेको र राजनीतिक अस्थिरता रहेका कारण लगानीकर्ताको गिरेको मानसिकताका बीच बजारलाई सुरक्षित ढंगले सञ्चालनका लागि तत्काल केही प्रिकसन अपनाउने विषयमा समेत मोटामोटी सहमति भएको स्रोत दाबी गर्छ । 

बोर्ड, नेप्से र सिडिएससीका प्रमुखहरुबीच हाल दैनिक ४ घण्टा सञ्चालन हुँदै आएको कारोबारलाई सुरुमा घटाएर २ घण्टामा सीमित गर्ने विषयमा समेत अनौपचारिक सहमति बनेको छ । ११ बजेदेखि बजार सुरु गरेर सुरुवाती केही दिन १ बजेसम्म मात्र सञ्चालन गर्ने गरी अगाडि बढ्ने विषयमा तीनवटै निकायका प्रमुख सकारात्मक छन् ।  

यस्तै, बजारमा नकारात्मक प्रभाव परेर लगानीकर्ताको सम्पत्ति धेरै नघटोस् भन्ने हेतूले कारोबारको पहिलो एकघण्टामा नेप्से परिसूचक ३ प्रतिशतले घटेमा सर्किट ब्रेकर लगाएर बजार स्थगन गर्ने गरी नियम संसोधन गर्न समेत तीनवटै निकाय सहमति नजिक छन् । हाल पहिलो एकघण्टामा बजार ४ प्रतिशतले घटेपछि मात्र सर्किट ब्रेकर लगाएर कारोबार स्थगन गर्ने नियम छ ।  

स्थगित भएर पुनः सुरु हुने बजारमा लाग्नसक्ने दोश्रो वा तेश्रो सर्किटको विषयमा समेत सोहीअनुसार संसोधन हुने बताइएको छ ।  

राम्रो भएपछि 'फूल फेज'को कारोबार

यसैबीच, स्रोतहरुका अनुसार अन्तरिम सरकार गठन भएपछि सरकारमा अर्थमन्त्रीको रुपमा नियुक्त हुने अनुहार र सरकारले बजार तथा समग्र अर्थतन्त्रलाई उकास्न लिने नीतिका कारण लगानीकर्ताको मनोबल प्रभावित हुने भएकोले त्यो हेरेर सबै कुरा सकारात्मक हुँदै गएपछि मात्र सेयर कारोबारलाई दैनिक फूल फेज(चार घण्टा) सञ्चालन गर्ने विषयमा तीनवटै निकायका प्रमुख एकमत देखिएका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.