ट्रेड टावरको आइपीओमा ७.८२ गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ७.८२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन परेको हो ।

