मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा २३% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य बढ्यो
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८३ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७ करोड ९५ लाख खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज...

