ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा
काठमाण्डौ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई मंगलबारबाट सञ्चालनमा आएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४...

