सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त
काठमाण्डौ । जेनजी आन्दोलनमा स्वयम्सेवकको रुपमा खटिएर पछि आफूलाई नेताको रुपमा प्रस्तुत गरेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ । हातपातपछि अहिले रिपोटर्स क्लबको सभाहल तनावपूर्ण बन्न पुगेको छ । उनलाई शुभेच्छुक र केही पत्रकारलाई क्लबको कुनामा घेरेर सुरक्षित राखेका छन् ।