अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा आवागमन प्रभावित
काठमाण्डौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डमा आवागमन प्रभावित भएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।बिहीबार कोशी प्रदेशका केही सडक एकतर्फी सञ्चालनमा आए पनि केही खण्ड पूर्ण रूपमा अवरुद्ध छन्। भोजपुर नगरपालिका–५ बोखिममा गत असार १२ गते बाढीका कारण...

