नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णयमा, समर्थन फिर्ता
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

