इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने
काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा...