‘अर्थमन्त्रीलाई जिउँदै जलाउन खोजिएको हो ?’ प्रहरी भन्छ–‘कारण जे पनि हुनसक्छ, दोषी बच्दैन’
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेललाई षड्यन्त्रमूलक ढंगले जिउँदै जलाउने प्रयास भएको हो ? पोखरामा भएको एउटा घटनापछि प्रहरीले यो कोणबाट समेत अनुसन्धान थालेको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा शनिवार दिउँसो विद्युतको कनेक्सन रहेको बेलुन एक्कासी बिस्फोट भई उठेको ठूलो आगोको लप्काले भेटेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् । सो...

