प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

