बागमती प्रदेशले ल्याउँदै करिब ६६ अर्बको बजेट, पूर्वाधार प्राथमिकतामा
काठमाण्डौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशको आर्थिक क्षमता, विकास आवश्यकता र स्रोत व्यवस्थापनलाई सन्तुलनमा राख्दै तयार पारिएको बजेट आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।

