रास्वपा कर्णालीको सभापतिमा मदन खड्का भारी मतसहित निर्वाचित
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट मदन खड्का प्रदेश सभापतिमा निर्वाचित भएका छन्। संस्थापनकालदेखि नै पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खड्काले भारी मतान्तरसहित नेतृत्वको जिम्मेवारी प्राप्त गरेका हुन्।

