रास्वपाको ६४ जिल्लामा अधिवेशन सम्पन्न, महाधिवेशनको तयारी तीव्र
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ।पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अझै अधिवेशन सम्पन्न हुन बाँकी छ।

