पोर्चुगलको निराशाजनक शुरुवात, डीआर कङ्गोसँग १–१ को बराबरी
काठमाण्डौ । पहिलो खेलमै पोर्चुगल अप्रत्याशित रूपमा डीआर कङ्गोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको पोर्चुगलले अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा विश्वकप अभियानको सुरुआतमै अंक गुमाउन पुगेको हो।

