इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो । लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।