काठमाण्डौ । साताको थौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।
जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.२३ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज जम्मा ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७७ प्रतिशतले बढेर ५७५ रुपैयाँ पुगेको छ । यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरभाउ १.०२ प्रतिशतले बढेर ६१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरको ०.३७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२१ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९७ प्रतिशतले घटेर ५४१.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १.६८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१२ प्रतिशत, आइएमई लाइफको १.०१ प्रतिशत, सानिमा जिआइसीको ०.९० प्रतिशत, प्रभु इन्स्योेरेन्सको ०.८७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.७९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७८ प्रतिशत, सुर्यज्योति लाइफको ०.७६ प्रतिशत, युनाइटेड अजोडको ०.७० प्रतिशत, सन नेपाल लाइफको ०.६६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६३ प्रतिशत, आरबीसीएलको ०.६० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५४ प्रतिशत, एलआइसी नेपालको ०.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.०९ प्रतिशत र नेपाल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                