सीआईटी र आईपीओ निष्कासनको तयारीमा रहेको सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका हुन् ।