सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोज मिति तय,लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ११ प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको हो ।