इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु
काठमाण्डौ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको जनाएको छ। आईआरजीसीसँग सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले इजरायली हमलामा काजेमी बाहेक उनका सहायक हसन मोहक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको बताएको छ।

