ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस(एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधापश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाईन मर्चेन्ट पनि अक्वायर गर्न सक्नेछ र बैंकका अनलाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।