शुक्रबार, श्रावण ८,२०८३ 09:54:50
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:54:50
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोशियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  

सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधि क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी सस्थाको रुपमा रहेकोले यो सम्झौता अघि बढेको जानकारी गराउदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा  समेत बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने कुरा पोखरेलले उल्लेख गरे ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरुबाट भौतिक रुपमा बैंकिङ सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको जनाएको छ ।  

यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरुको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।  

साथै, एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइने छ ।

ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।  

बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.