नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्न छुटाउनु भयो कि ? आज आवेदन दिन अन्तिम दिन
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ । हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ।

