काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह मात्रै बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेको छ । आज जम्मा ६ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ०.७७ प्रतिशतले बढेर ९६२.९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, एनएलजी इन्स्योरेनसको ०.४२ प्रतिशत, सिटिजन लाइफको ०.४६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१३ प्रतिशत र एयिशन लाइफको ०.११ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८५ प्रतिशतले घटेर ५७९.१० रुपैयाँ कायम भएको छ । यसका साथै हिमालयन एभरेष्टको १.५८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.९५ प्रतिशत, सन नेपाल लाइफको ०.९५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९५ प्रतिशत, सानिमा जिआइसीको ०.९० प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, युनाइटेड अजोडको ०.७१ प्रतिशत, सुर्यज्योति लाइफको ०.४४ प्रतिशत, आइएमई लाइफको ०.४२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३८ प्रतिशत, हिमालयन रि को ०.३१ प्रतिशत, एलआइसी नेपालको ०.२६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.१२ प्रतिशत र नेपाल लाइफको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                