काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा सूचीकृत ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक घटेका छन् । बीमा समूहको दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.०९ प्रतिशतले बढेर ८१४ रुपैयाँ पुगेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ०.४९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.०७ प्रतिशतले घटेर ५६३.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सानिमा जिआइसीको २.०५ प्रतिशत, आइएमई लाइफको १.९० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.८३ प्रतिशत, युनाइटेड अजोडको १.६८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६२ प्रतिशत, आरबीसीएलको १.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२२ प्रतिशत, सन नेपाल लाइफको १.१२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६३ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५५ प्रतिशत, सिटिजन लाइफको ०.४३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत र एलआइसी नेपालको ०.२७ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                