काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.१६ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४५ प्रतिशतले घटेको छ । बीमा समूहहरु घटेपनि आज ८ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
कम्पनीको सेयरभाउ ०.८७ प्रतिशतले बढेर १४ हजार ६६६ रुपैयाँ पुगेको छ । त्यस्तै, सन नेपाल लाइफको ०.८६ प्रतिशत, एलआइसी नेपालको ०.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.२७ प्रतिशत, प्रभु महालक्ष्मी र सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशत र हिमालयन लाइफको ०.१६ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.१५ प्रतिशतले सेयरभाउ घटेर ५९१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एनएलजीको १.७९ प्रतिशत, एशियन लाइफको १.४१ प्रतिशत, हिमालयन रि को १.३६ प्रतिशत, सुर्यज्योति लाइफको १.२८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२२ प्रतिशत, सिटिजन लाइफको १.२० प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०७ प्रतिशत, युनाइटेड अजोडको ०.९८ प्रतिशत, नेपाल रि को ०.९० प्रतिशत, शिखरको ०.८३ प्रतिशत, सानिमा जिआइसीको ०.५७ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५३ प्रतिशत, आइएमई लाइफको ०.३५ प्रतिशत, नेशनल लाइफको ०.१५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत र हिमालयन एभरेष्टको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                