सोमबार, फाल्गुन ४,२०८२ 03:24:33
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 03:24:33
Bizshala
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दु्मा कायम भएको छ । नेप्सेमा रहेको सबै समूह आज रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४६ प्रतिशतले घटेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.६३ प्रतिशतले बढेर २२८० रुपैयाँ पुगेको छ । सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा सानिमा जिआइसी रहेको छ । कम्पनीको सेयरभाउ ४.४६ प्रतिशतले घटेर ५७२.३७ रुपैयाँ कायम भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ४.३१ प्रतिशत, सन नेपाल लाइफको ३.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.४० प्रतिशत, युनाइटेड अजोडको ३.४० प्रतिशत, रिलायबल नेपाल लाइफको २.९१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.८७ प्रतिशत, आइएमई लाइफको २.७६ प्रतिशत, शिखरको २.५५ प्रतिशत र प्रभु इन्स्योरेन्सको २.४९ प्रतिशतले घटेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै, नेपाल लाइफको २.४८ प्रतिशत, सुर्यज्योति लाइफको २.४८ प्रतिशत, हिमालयन एभरेष्टको २.४० प्रतिशत, हिमालयन रि को २.३२ प्रतिशत, सगरमाथा लुम्बिनीको २.२४ प्रतिशत, नेशनल लाइफको २.२३ प्रतिशत, सिटिजन लाइफको २.१८ प्रतिशत, नेको इन्स्योरेन्सको १.८६ प्रतिशत, नेपाल रि को १.७८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.७८ प्रतिशत, हिमालयन लाइफको १.७७ प्रतिशत, एनएलजीको १.६६ प्रतिशत, एलआइसी नेपालको १.३७ प्रतिशत, एशियन लाइफको १.१९ प्रतिशत र आरबीसीएलको १.१४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.