IME remit
  • शनिबार, कार्तिक ८,२०८२ 03:58:39
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन् ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन्  ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र  यस वर्षको अन्तिम दिन भएका कारण पनि होला ब्रोकर हासउहरुमा लगानीकर्ताहरुको उपस्थिति सामानय नै देखिन्थ्यो ।  

आज बजार बिहानैदेखि तल–माथि गर्दै थियो । दिनभर नै बजारले खासै गति लिन सकेन । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले सरकारले समयमै गभर्नर नियुक्ति गर्न नसकेको बताए ।  यतिकैमा उनी सँगै बसेका अर्का एक लगानीकर्ताले भने  ‘अहिले सरकार कै भविष्य के होला भन्ने छ । गभर्नरको नियुक्ति कसरी समयमै हुन सक्ला ? प्रचण्ड फेरी बुढानिलकण्ठ पुगेको सुनिन्छ । ’ उनले थप्दै भने‘,  ‘देउवा पनि साह्रै सोझा रहेछन् । ओली र प्रचण्डले घुमाको घुमाइ गरे। ’ सेयर बजार र राजनीतिमा  खेलै खेल हुने भयो ।  

यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले भने ‘लौ राधी हाइड्रो पो उचाले हामीले त पत्तै पाएनौं साथीहरु । ’ तपाईहरुसँग कति छ म त रित्तै ।’ उनलाई जवाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘हामी पनि त्यही हो । पीर नगर्नुहोस अब बुद्धभूमि चल्ने सूचना सुनेको छु मैले ।’  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए । यहाँबाट हामी कालिका स्थान स्थित (नेपाल स्टक हाउस) स्टक ब्रोकर नम्बर १४ मा पुग्यौं । यहाँ पनि केही लगानीकर्ता राजनीतिक गफ मै मस्त थिए । कोही भने मस्त निन्द्रामा झुलेका समेत भेटिए । बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।  यतिकैमा एक लगानीकर्ताले नजिकैको साथिलाई ठट्यौलि पारमा भने  ‘उठ है साथी ! सपना के देखियो नि ? बजारले छलाङ मारेको ?’ सुतिरहेका लगानीकर्ताले हाई काढ्दै यो वषै यस्तै भएता पनि आउने वर्ष बजारले छलाङ मार्ने विश्वास व्यक्त गरे । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले गभर्नरमा युवराज खतिवडा आउने अड्कल पनि गरे । केही लगानीकर्ताहरुले भने ब्याज दर घट्दा पनि बजार बढ्न नसकेको तर्क गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज यस वर्षको अन्तिम कारोबार पनि चल्दै थियो । ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुमा खासै उत्साह देखिदैनथ्यो । यहाँबाट हामी भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिती ठीकै देखिन्थ्यो । लगानीकर्ताहरु डिस्प्लेमा बजार हेर्न मस्त देखिन्थे । यहाँ भेटिएका  केही लगानीकर्ताहरुले एचआइडीसीएल कम्पनीको चर्चा गरे । केहीले भने आज चैत्रको अन्तिम कारोबार भएकै कारण बजार बढ्न नसकेको बताए ।  

यहाँबाट हामी नजिकै रहेको आर्यतारा सेक्यूरितिज स्टक ब्रोकर नम्बर ५७ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति ठीकै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले आज ठूला ब्रोकरहरुले हिसाब मिलाउन भए पनि  फोर्स सेलिङ गरेका कारण बजारले गति लिन नसकेको तर्क गरे । केहीले भने नयाँ बर्षबाट बजारले नयाँ उचाई लिन भन्दै शुभकामना आदानप्रदान गरे । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.