काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ कायम छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.७९ रुपैयाँ कायम थियो ।
आज एक यूरोको खरिददर १५४.९३ रुपैयाँ र बिक्रीदर १५५.६१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८०.४० रुपैयाँ र बिक्रीदर १८१.१९ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.७२ रुपैयाँ र बिक्रीदर ८७.१० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३९ रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.५८ रुपैयाँ र बिक्रीदर ४४६.५४ रुपैयाँ कायम भएको छ ।