काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.१२ र बिक्रीदर १३६.७२ रुपैयाँ कायम भएको छ ।
यस्तै एक यूरोको खरिददर १५४.९७ रुपैयाँ र बिक्रीदर १५५.६५ रुपैयाँ कायम भएको छ । एक पाउण्डको खरिददर १८१.२५ रुपैयाँ र बिक्रीदर १८२.०५ रुपैयाँ कायम छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१३ रुपैयाँ र बिक्रीदर ३१.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०५ रुपैयाँ र बिक्रीदर ४४६.०१ रुपैयाँ कायम भएको छ ।