काठमाण्डौ । सरकारले घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्ने कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गरिने बताएका हुन् ।
यस्तै उनले योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने समेत बताए । श्रम अडिटका माध्यमबाट आधारभूत श्रममापदण्डको कार्यान्वयन सुरक्षित गरिने बताए ।