सोमबार, बैशाख २२,२०८२ 08:31:16
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 08:31:16
IME remit
Global IME Bank Limited

ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

Hyundai Nepal
ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल ओरियन्स नेपाल प्रालिले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोवल ओरियन्स नेपालले ४७ सय युवाहरुलाई वितरकको रुपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोबार गरेको बताए।

त्यस्तै, हरेक ३÷३ महिनामा राज्यको सम्बन्धित निकायमा सम्पूर्ण प्रतिवेदन पेश गरिरहेको र पारदर्शी कारोबार रहेको बताउँदै आगामी दिनमा नेपालमै उत्पादन गृह स्थापना गरी शतप्रतिशत स्वदेशी उत्पादन बिक्रि गर्नेमा कम्पनी अगाडी बढीरहेको जानकारी दिए।अधयक्ष पण्डितले उक्त कार्यक्रममा कफी र पर्फयुम २ वटा उत्पादन पनि बिक्री सुरु गरिएको र हालसम्म ५० भन्दा उत्पादनहरु रहेको जनाए।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै, कार्यक्रमका विशेष अतिथि संघीय प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवालिम्बुले पनि नेपालमा युवाहरुको लागि काम गर्ने अवसर नभएको, राज्यले मात्र रोजगार उपलब्ध गराउन नसक्ने, व्यापार घाटाको कारण राज्यको ढुकुटी कम हुदैं जाँदा राज्यको सिस्टम नै तहस नहस हुनसक्ने लगाएतका कुरालाई सरकारले बेलैमा सोच्नुपर्ने बताए।  

साथै , उनले अन्य विकशित मुलुकले झैं राज्यतहबाट उचित व्यवस्थापन र आवश्यकताअनुसार अनुकुल ऐन नियमको परिमार्जन गरेर भएपनि प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिए।

सो अवसरमा पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले पनि व्यापारीहरुलाई थुनछेक गरेर, राज्यका निकायहरुले तर्साउने शैलीले नियन्त्रण गर्न खोजेर नेपालको राष्ट्रिय अर्थतन्त्रको भार थेग्न नसकिने बताए।

Muktinath Bikas Bank Limited

‘हरेक व्यापारीहरुलाई करतिर, पारदर्शी व्यापार गर भनेर प्रोत्साहन गर्न जरुरी छ। प्रत्यक्ष बिक्रि पद्धतिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न, नियमन गर्न मात्र सक्यो भने राज्यले आम युवाहरुलाई रोजगारी दिनेमात्र होईन, ऐनमा उल्लेख भएको ५० प्रतिशत स्वदेशी उत्पादनलाई मात्र पनि प्रोत्साहन गर्न सकियो भने आयात प्रतिस्थापन शतप्रतिशत हुन सक्छ,’ उनले भने।

त्यस्तै, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले वर्तमान अवस्थामा राज्यको अदुरदर्शी नितिका कारण अर्थतन्त्र शिथिल मात्र नभई आम व्यापारीहरुले व्यापार गर्नसक्ने अवस्था नरहेकोले राज्यले आम व्यापारीहरुलाई नियन्त्रण नगरी उपयुक्त सिस्टम बनाएर प्रोत्साहन गर्नुपर्ने र प्रत्यक्ष बिक्रि पद्धति अबको व्यापारको नयाँ प्रयोग र अभ्यास हुनसक्ने बताए।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.