शनिबार, पुष ५,२०८२ 12:14:23
Bizshala
  • शनिबार, पुष ५,२०८२ 12:14:23
Bizshala
Global IME Bank Limited
Bizshala

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्स

Hyundai Nepal
८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.४७ अंकले घटेर २६४९ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले बढेको छ । आज ८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा दुई लघुबीमा कम्पनी रहेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ १० प्रतिशतले बढेर २४५७.६० रुपैयाँ पुगेको छ भने क्रेष्ट माइक्रो लाइफको सेयरभाउ १० प्रतिशतले नै बढेर २०३१.७० रुपैयाँ पुगेको छ । 

CG Motors
Garima Development Bank
Bizshala

त्यस्तै, गार्डियन माइक्रो लाइफको ४.१२ रुपैयाँ, एलआइसी नेपालको २.१८ रुपैयाँ, सन नेपाल लाइफको ०.४२ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.३० रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.२३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज २.८२ प्रतिशतले घटेर ७४० रुपैयाँ कायम भएको छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, एशियन लाइफको ०.०४ प्रतिशत, सिटिजन लाइफको ०.८९ प्रतिशत, हिमालयन लाइफको ०.६६ प्रतिशत, आइएमई लाइफको ०.८७ प्रतिशत, नेपाल लाइफको ०.९५ प्रतिशत, नेशनल लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३४ प्रतिशत र सूर्यज्योति लाइफको ०.९४ प्रतिशतले सेयरभाउ घटेको छ । यसका साथै हिमालयन एभरेष्टको १.६१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०२ रुपैयाँले, एनएलजीको २.०३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४३ प्रतिशत, आरबीसीएलको ०.४७ प्रतिशत, सानिमा जिआइसीको ०.९० प्रतिशत, शिखरको ०.२७ प्रतिशत, र युनाइटेड अजोडको ०.६५ प्रतिशतले घटेको छ। 

यता पुनर्बीमा कम्पनीतर्फ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ २.७६ प्रतिशतले घटेर ११७० रुपैयाँ कायम भएको छ भने हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ १.५९ प्रतिशतले घटेर ९३६ रुपैयाँ कायम भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.