काठमाण्डौं । यो साता सेयर बजार चार कारोबार दिन घट्यो । कारोबार भएका सबै दिन सेयर बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ता भने राम्रो आम्दानी गरेका छन् ।
यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुको सूचीको पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स रह्यो । यो कम्पनीका लगानीकर्ताले यो साता ४६ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यस्तै उपकार लघुवित्तका लगानीकर्ताले पनि १७ प्रतिशत आर्जन गरेका छन् । यो साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले १६.४७ प्रतिशत , लुम्बिनी विकास बैंकको लगानीकर्ताहरुले १३.४४ प्रतिशत , सोल्टी होटल्सका लगानीकर्ताहरुले ११.८७ प्रतिशत र जोशी हाईड्रोका लगानीकर्ताहरुले ६.३५ प्रतिशत आर्जन गरेका छन् ।
यसैगरी, तारागाँउ रिजेन्सिका लगानीकर्ता ६ प्रतिशत, महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले ४.८५ प्रतिशत , ओरियन्टल होटल्सका लगानीकर्ताहरुले ४.६२ र गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले ४.५२ प्रतिशतले आम्दानी गरेका छन् ।