आईतवार, फाल्गुन ३,२०८२ 05:34:21
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 05:34:21
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार २ अर्ब बढीले घट्यो

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार २ अर्ब बढीले घट्यो
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५६.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत शुक्रबार बजारमा ९ अर्ब ८२ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘बजारमा व्याप्त केही अन्यौलताका कारण आज बजारमा गिरावट आएको हो । गभर्नरविरुद्ध अदालतमा मुद्दा पर्नु र आगामी बजेटमा कर बढ्न सक्ने हल्लाहा कारण बजारमा गिरावट आएको छ । यही कारण बजेट अघिसम्म बजार यसैगरी अघि बढ्ने देखिन्छ ।’

अर्का बजार जानकार निमानन्द कंडेलले बजारमा अल्पकालिन कारोबारी हाबी भएको र बजेटमा करको विषयमा देखिएको अन्यौलताका कारण नेप्सेमा गिरावट आएको बताए ।  

तर बजेटमार्फत करको विषयमा प्रष्ट भएपछि भने बजारले गति लिने उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै बढ्यो । यो समूह आज २.५६ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह आज सर्वाधिक अर्थात २.९५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६९ प्रतिशत, विकास बैंक १.४३, फाइनान्स, ०.८७, होटल १.५६,हाईड्रो ०.३६,लगानी ०.९३,जीवन बीमा ०.३९,उत्पादन तथा प्रशोधन ०.०६,निर्जीवन बीमा ०.०९,अन्य ०.५२ र व्यापार समूह ०.५९ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । युनिभर्सल पावरको पनि आज ३० करोड ३१ लाख, ङादी ग्रुप पावरको २९ करोड ५१ लाख, युनाइटेड मोदीको २८ करोड ८३ लाख र हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै अपर सर्किट लाग्यो । मानुषी लघुवित्तको सेयरमूल्य पनि आज ८.२५ प्रतिशत,रिभर फल्स पावरको पनि ७.७४ प्रतिशत,उन्नती सहकार्य लघुवित्तको ७.२४ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य ६.६० प्रतिशतले बढ्यो ।  

सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.१६ प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ५.९२ प्रतिशत,दोर्दी खोला जलविद्युतको ४.१२ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.६२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.