काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५६.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
गत शुक्रबार बजारमा ९ अर्ब ८२ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘बजारमा व्याप्त केही अन्यौलताका कारण आज बजारमा गिरावट आएको हो । गभर्नरविरुद्ध अदालतमा मुद्दा पर्नु र आगामी बजेटमा कर बढ्न सक्ने हल्लाहा कारण बजारमा गिरावट आएको छ । यही कारण बजेट अघिसम्म बजार यसैगरी अघि बढ्ने देखिन्छ ।’
अर्का बजार जानकार निमानन्द कंडेलले बजारमा अल्पकालिन कारोबारी हाबी भएको र बजेटमा करको विषयमा देखिएको अन्यौलताका कारण नेप्सेमा गिरावट आएको बताए ।
तर बजेटमार्फत करको विषयमा प्रष्ट भएपछि भने बजारले गति लिने उनले दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै बढ्यो । यो समूह आज २.५६ प्रतिशतले बढ्यो ।
म्युचुअल फण्ड समूह आज सर्वाधिक अर्थात २.९५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६९ प्रतिशत, विकास बैंक १.४३, फाइनान्स, ०.८७, होटल १.५६,हाईड्रो ०.३६,लगानी ०.९३,जीवन बीमा ०.३९,उत्पादन तथा प्रशोधन ०.०६,निर्जीवन बीमा ०.०९,अन्य ०.५२ र व्यापार समूह ०.५९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । युनिभर्सल पावरको पनि आज ३० करोड ३१ लाख, ङादी ग्रुप पावरको २९ करोड ५१ लाख, युनाइटेड मोदीको २८ करोड ८३ लाख र हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै अपर सर्किट लाग्यो । मानुषी लघुवित्तको सेयरमूल्य पनि आज ८.२५ प्रतिशत,रिभर फल्स पावरको पनि ७.७४ प्रतिशत,उन्नती सहकार्य लघुवित्तको ७.२४ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य ६.६० प्रतिशतले बढ्यो ।
सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.१६ प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ५.९२ प्रतिशत,दोर्दी खोला जलविद्युतको ४.१२ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.६२ प्रतिशतले घट्यो ।