काठमाण्डौ । सेलिब्रेटी बैंकर मनोज ज्ञवाली नविल बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई व्यवस्थापनको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रबैंकको गभर्नरको दौडमा सामेल हुने निर्णयसहित २०८१, चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा गरेपछि ज्ञवालीलाई कामू सीईओको जिम्मा दिइएको थियो ।
कामू सीईओको रुपमा काम गरेको करिब अढाई महिनापछि ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी पाएका हुन् । उनी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।
कामूको जिम्मेवारी पाउनुअघि पनि उनलाई बैंकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
ज्योति विकास बैंकको सीईओबाट राजीनामा गरी उनी नविल बैंकमा नायव महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।
ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।