बिहीबार, असार ५,२०८२ 06:52:56
  • बिहीबार, असार ५,२०८२ 06:52:56
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा भने सुधार

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा भने सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २४.५९ अंकले घटेर २ हजार ६२९.०८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४९.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने ९ अर्ब ८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्,  ‘बजारमा घटबढ स्वभाविक नै हो । केही दिनदेखि बढिरहेको हाईड्रो सेक्टरमा आज नाफा बुक भएको छ । नाफा बुक भएको पैसा अन्य समूहमा समेत गएको देखिदैन ।’

लगानीकर्ताले चौथो त्रैमासका लागि जोहो गर्न सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । यद्यपी बजारमा डराउनु पर्ने अवस्था भने नभएको उनले बताए ।  

अर्का बजार जानकार अर्जुन थापाले लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण बजारमा गिरावट आएको बताए । उनले बजारलाई ठूला लगानीकर्ताले नियन्त्रण राखेको र उनीहरुले केही स्क्रिप्ट मात्रै चलाएर चलखेल गरेका कारण बजार घटेको उनले आरोप लगाए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूह राताम्मे बने । जसमध्ये सबैभन्दा बढी घट्नेमा व्यापार समूह रह्यो । यो समूह आज ३.८४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३९ प्रतिशत, विकास बैंक ०.९१, फाइनान्स ०.८१, होटल १.०२,हाईड्रो १.२६, लगानी ०.६९,जीवन बीमा ०.३६,उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.९३,म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा ०.१६ र अन्य समूह १.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८५ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ५८ करोड ९ लाख, सिंगटी हाईड्रोको ४७ करोड ९१ लाख, सानिमा माई हाईड्रोको ४२ करोड १७ लाख र राधी विद्युतको ३५ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।  

मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य पनि आज ५.५५ प्रतिशत,शिवश्री हाईड्रोको ४.०४ र पाँचथर पावरको सेयरमूल्य ३.५९ प्रतिशतले बढ्यो ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । पियोर इनर्जी, रसुवागढी हाईड्रोपावर र भूगोल इनर्जीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो ।  

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.४४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.९० प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.