काठमाण्डौ । चीनमा डिपसिक भन्दापनि सस्तो एआई मोडल तयार भएको दाबी गरिएको छ । स्टार्टअप जेट.एआई(पहिले जिपुको नामले परिचित)ले आफ्नो नयाँ जीएलएम ४.५ एआई मोडल डिपसिकभन्दा पनि सस्तो भएको दाबी गरेको हो ।
कम्पनीले आफ्नो नयाँ एआई मोडल ‘एजेन्टीक’ एआई मोडलमा तयार भएको जनाएको छ । जसको अर्थ यो मोडलले कुनै कार्यलाई सही ढङ्गले सम्पन्न गर्नका लागि टास्कलाई स्वत सब–टास्कमा परिणत गर्नेछ ।
यो नयाँ मोड ल ओपन सोर्स्ड भएको कम्पनीले जनाएको छ । यसर्थ यो मोडल डेभलपर्सका लागि निःशुल्क उपलब्ध हुनेछ ।
डिपसिकको आकारको तुलनामा आधि मात्रै भएको यो जीएलएम–४.५ मोडलको जेट.एआई सञ्चालनका लागि एनभिडियाको ८ वटा मात्रै एच२० चिप्स आवश्यक पर्ने कम्पनीका सीईओ झाङ पेङले बताए ।
गत जनवरीमा डिपसिकले सस्तो मोडलको एआई ल्याएर विश्वबजारमा तहलका पिटेको थियो ।