काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.७६ प्रतिशत र निर्जीवन बीमा समूह १.५४ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुमा आज दुई पुनर्बीमाको मात्रै सेयरभाउ बढेको छ । हिमालयन रि को सेयरभाउ २.६६ प्रतिशतले बढेर १०८७.३५ रुपैयाँ पुगेको छ भने नेपाल रि को सेयरभाउ १.६९ प्रतिशतले बढेर १६२८.७९ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.८३ प्रतिशतले घटेर ८८०.४२ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्टको २.६२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.११ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, आरबीसीएलको ०.३६ प्रतिशत, सलिकोको १.५३ प्रतिशत, सानिमा जिआइसीको २.१४ प्रतिशत, शिखर इन्स्योरेन्सको १.८१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.४७ प्रतिशत र युनाइटेड अजोडको २.४० प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै एशियन लाइफको ०.७१ प्रतिशत, सिटिजन लाइफको २.०२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.१२ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.२९ प्रतिशत, हिमालयन लाइफको २.६३ प्रतिशत, आइएमई लाइफको १.९५ प्रतिशत, एलआइसी नेपालको १.९७ प्रतिशत, नेपाल लाइफको १.१९ प्रतिशत, नेशनल लाइफको १.२७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४३ प्रतिशत, रिलायलब नेपाल लाइफको २.४३ प्रतिशत, सूर्यज्योति लाइफको १.७४ प्रतिशत, सन नेपाल लाइफको १.५३ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.०५ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                