मंगलवार, श्रावण २०,२०८२ 07:07:39
  • मंगलवार, श्रावण २०,२०८२ 07:07:39
Global IME Bank Limited

पाँच कारोबारमा १७० अंकले घट्यो नेप्से, के हो कारण ?

Hyundai Nepal
पाँच कारोबारमा १७० अंकले घट्यो नेप्से, के हो कारण ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो साताको मंगलबार नेप्से परिसूचक ३ हजार २ विन्दुमा बन्द भएको थियो । त्यसको एक सातापछि अर्थात आजसम्म आईपुग्दा नेप्से परिसूचक २ हजार ८३४ विन्दुमा बन्द भएको छ । यस हिसाबले पाँच कारोबारको यो अवधिमा नेप्सेमा १७० अंकको गिरावट आएको छ ।  

यो बीचमा बजार एक दिन अर्थात साउन १९ गते मात्रै बढ्यो ।  

नयाँ आर्थिक वर्ष लागे सँगै बजारमा नयाँ गति देखिएको थियो । बजार पूँजीकरण ५० खर्ब माथी पुगेको थियो । जलविद्युत र विकास बैंक समूहले नयाँ उचाई चुमेका थिए । एकै दिन नेप्सेमा हालसम्मकै दोस्रो ठूलो अर्थात साढे २६ अर्बको सेयर कारोबार भएको थियो । यस अघि गत वर्ष साउन ३० गते २९ अर्ब ९५ करोडको सेयर कारोबार पछिको यो ठूलो कारोबार हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

तर सेयरबजारको यो वृद्धि लामो समय भने टिक्न सकेन । यो सँगै बजार घट्नुको विषयमा लगानीकर्ताले विभिन्न अड्कलबाजी गर्न थालेका छन् । केहीले बजारमा पछिल्लोपटक सीडीएससीले ल्याएको आईजीनको विषयले बजार घटेको तर्क गरेका छन् । केहीले भने नियामक निकायहरुले सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको विषयले समेत बजार घटेको तर्क गरेका छन् । उनीहरुका अनुसार यस विषयले सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा बजार पस्न रोक्ने भएकाले बजारमा गिरावट आएको छ  ।

पूँजीबजारमा राष्ट्रिय परिचय पत्रलागू भएसँगै अब अरुको नामबाट सेयर कारोबार गर्ने काराबारी निरुत्साहित हुने र बजार प्रभावित हुने तर्क गर्नेहरु पनि छन् । तर यसो मान्न नियामक निकाय भने तयार छैनन् । नेपाल स्टक एक्सचेञ्जनका प्रवक्ता मुराहरी पराजुलीले राष्ट्रिय परिचय पत्रको कारण बजार घटेको भन्ने विषय ठाडै अस्विकार गरे । राष्ट्रिय परिचय पत्रको कारण बजार घट्यो भन्नु कुतर्क रहेको र यस विषयमा नेप्सेको कुनै पनि भनाई नरहेको प्रबक्ता पराजुलीले बताए ।  

प्रवक्ता पराजुलीले पूँजीबजारमा राष्ट्रिय परिचय पत्र सरकारको वृहत योजना अन्तर्गत देशलाई ग्रेलिष्टबाट निकाल्न पूँजीबजारमा पनि लागू गरिएको बताए । ‘यो एउटा ग्राहक चिन्ने आइडेन्टिफिकेसन नम्बर हो । यो नै लगानीकर्ताहरुको युनिक आइडी पनि हुन सक्छ,’ उनले भने, ‘भुटान र भारतमा प्यान नम्बर र युनिक आइडी रहेको छ ।’ यसको काम राष्ट्रिय परिचय पत्रले गर्ने पनि पराजुलीको तर्क छ ।  

त्यसैगरि बजारमा केही लगानीकर्ताहरुले अहिले बजार घट्नुमा नियामक निकाय सीडीएससीले प्रस्ताव गरेको आईजीनको विषयलाई पनि दोष दिएको पाइन्छ । अघिल्लो साता मात्रै सीडीएससीले संस्थापक र सर्वसाधारण समूहको लागि फरक–फरक आईजीनको प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि आईजीनको विषयले बजार तरंगित हुनु पर्ने कुनै कारण नरहेको बताउँछन् ।  

बजारमा केही जानकारहरुले अहिले बजार घट्नुको मुख्य कारण लगानीकर्ताहरु नै रहेको बताउछन् । आज सनी सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ताले भने ‘अहिले बजारमा ७२ घण्टे लगानीकर्ताहरु बढी हाबी छन् । उनीहरुले उधारोमा कारोबार गर्छन र ब्रोकरहरुले दबाब दिएकै कारण घाटामा नै सेयर बेचेको कारण अहिले बजार घटेको हो ।’  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.