IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:11:08
IME remit
Global IME Bank Limited

माथिल्लो मैलुङ खोला जलविद्युतको आम्दानी २१७% ले बढ्यो, घाटामा कमी

Hyundai Nepal
माथिल्लो मैलुङ खोला जलविद्युतको आम्दानी २१७% ले बढ्यो, घाटामा कमी
Shivam Cement

काठमाण्डौ । आम्दानी बढेसँगै माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६३ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड २० लाख घाटामा रहेको थियो ।  

कम्पनीले २९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१७.०५ प्रतिशतले बढी हो । यो अवधिसम्म कम्पनीले २२ लाख २४ हजार अन्य आम्दानी र ३ लाख ५७ हजार वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड ७६ लाख र वित्त खर्च १७ करोड २३ लाख रुपैयाँबराबर रहेको छ ।    

Shivam Cement
Muktinath Bikas Bank Limited

१ अर्ब चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १० करोड ६३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीले अन्य रिजर्भमा १५ लाख ५६ हजार रुपैयाँ सञ्चित गरेको छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति २४ करोड २२ लाख र कुल चालु दायित्व २० करोड ५२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६४ रुपैयाँ ऋणात्मक , प्रतिसेयर नेटवर्थ ८९.५२ रुपैयाँ र तरलता अनुपात १.१८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.