बिहीबार, भाद्र १२,२०८२ 06:49:14
  • बिहीबार, भाद्र १२,२०८२ 06:49:14
Global IME Bank Limited

एससीटी पीसीआईको क्षेत्रीय बोर्ड सदस्य छनौट

Hyundai Nepal
एससीटी पीसीआईको क्षेत्रीय बोर्ड सदस्य छनौट
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), (SCT), Payment Card Industry Security Standards Council (PCI SSC) को दक्षिण एशिया क्षेत्रीय बोर्ड (Regional Engagement Board)  को सदस्यका रूपमा चयन भएको छ ।  

यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था एससीटी रहेको छ भने एससीटी का अतिरिक्त Google Inc, National Payments Corporation of India (NPCI),Euronet USA LLC जस्ता भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

Payment Card Industry Security Standards Council (PCI SSC) एक विश्वव्यापी मञ्च हो, जसले PCIDSS लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ ।  

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फत PCI Security Standards Council (PCI SSC) ले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बितगर्दै विश्वव्यापी सहकार्यलाई थपविस्तार गरेको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्छन्, ‘हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ । यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने क्ऋत् को प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तत्पर छौँ ।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.