बिहीबार, श्रावण ७,२०८३ 12:19:19
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 12:19:19
Bizshala
Global IME Bank Limited

मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'

मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'
New Office

काठमाण्डौ । सार्वजनिक निजी साझेदारीमा, आधुनिक(अन्तराष्ट्रिय स्तरको) थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनको विषयमा काठमाण्डौमा एक कार्यशाला भएको छ ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र म्ँऋम्रक्ल्ख् परियोजनाको सहयोगमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा कार्यशाला कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले किसानहरुले गरेको उत्पादनको बाइव्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय स्तरको थोकबजार आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए ।  

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाः चुनौती र अवसरहरु सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र संचालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरुको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठूला किसानहरुलाई सेवा दिने दिशामा निजी क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले शुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।  

त्यस्तै, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यान्वयन भएपश्चात उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धि धेरै विषयहरु समाधान हुने दाबी गरेका थिए । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले कृषि सम्बन्धी प्रशोधन, बजारीकरण र अन्य ठूला योजनाहरुलाई अगाडि बढाउन बोर्ड कुरिरहेको जानकारी दिएका थिए ।  

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका समस्याहरु समाधानका लागि महासंघले विभिन्न पहलहरु गरिरहेको र बजार व्यवस्थापनका लागि करार खेति ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।  

आधुनिक थोक बजार स्थापना र संचालनको सम्बन्धमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले भिडियोमार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजार सम्बन्धी स्पष्ट कानुन जारी गरेमा, पुराना बजार संचालकहरु र नयाँ व्यवसायीहरुलाई समेट्दै १० अर्ब पूँजी लगानी गर्न तयार रहेको सन्देश दिएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.