• बिहीबार, भाद्र २६,२०८२ 11:44:23
Global IME Bank Limited

वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह

Hyundai Nepal
वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह

काठमाण्डौ । नेकपा एमाले कोशी प्रदेश समितिले देशको वर्तमान घटनाक्रमलाई धैर्य र गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन पार्टी सदस्यहरुलाई आग्रह गरेको छ । समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार थापाद्वारा जारी विज्ञप्तिमा स्वच्छ उद्देश्यको आन्दोलनमा भएको अनेक थरी शक्तिको घुसपैठलाई पनि नजर अन्दाज गर्न नमिल्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सहज परिस्थितिको फाइदा उठाउँदै राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तीनै अङ्ग सहित चौथो अङ्ग पत्रकारिताका संरचनाहरू माथि भएका आक्रमणले घुसपैठ र ति घटना पछाडिका स्वार्थ समेत उजागर भइसकेका छन् ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

व्यक्तिका राजनीतिक विचारमाथि दमन गर्ने र दबाबका लागि आगजनी गर्ने कुकृत्यमाथि आपत्ति जनाउँदै यस्ता कार्य अविलम्ब बन्द गर्न आन्दोलनरत पक्षसँग र शान्ति सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकायसँग अपिल समेत गरिएको छ ।  

‘यो विषम परिस्थितिमा अविचलित रहन हाम्रो पार्टीका सम्पूर्ण नेता(कार्यकर्ताहरुसाथै सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई आग्रह गर्दछौं । आन्दोलनको नाममा आगजनीमा परी दिवङ्गत हुनुभएका सर्वसाधारण नागरिक प्रति पनि श्रद्धाञ्जली अर्पण गर्दछौं । आन्दोलनमा र आन्दोलनपछि को हिंसात्मक गतिविधिमा परिवारका सदस्य गुमाउनु भएका परिवारजनमा समवेदना प्रकट गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.