बुधबार, श्रावण ६,२०८३ 09:52:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:52:24
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।  

दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।  

साथै बैंकको सम्पुर्ण सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराएको छ । बैंकको लेकसाईड शाखाबाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.