• सोमबार, आश्विन ६,२०८२ 05:15:37
Global IME Bank Limited

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

Hyundai Nepal
१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ५.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह भने ३.५३ प्रतिशतले घटेको छ । 

आज १७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.८० प्रतिशतले घटेर ४४४.१२ रुपैयाँ कायम भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै एशियन लाइफको ३.८२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ४.३९ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.२३ प्रतिशत, हिमालयन लाइफको ५.७६ प्रतिशत, आइएमई लाइफको ६.०४ प्रतिशत, एलआइसी नेपालको ६.९५ प्रतिशत, नेपाल लाइफको ६.९६ प्रतिशत, नेशनल लाइफको ५.२१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ५.६३ प्रतिशत, सूर्यज्योति लाइफको ५.२७ प्रतिशत, सन नेपाल लाइफको ४.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ५.६९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.५८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.७२ प्रतिशत र नेपाल रि इन्योरेन्सको ०.१३ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.६४ प्रतिशतले घटेर ७३१.४७ रुपैयाँ कायम भएको छ ।

 यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.६६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ४.०४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.०६ प्रतिशत, नेको इन्योरेन्सको ४.५७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.३२ प्रतिशत, आरबीसीएलको ५.५९ प्रतिशत, सलिकोको ५.०५ प्रतिशत, सानिमा जिआइसीको ३.१८ प्रतिशत, शिखरको ४.४९ प्रतिशत, युनाइटेड अजोडको १.१४ प्रतिशत र हिमालयन रि को सेयरभाउ ०.३९ प्रतिशतले घटेको छ ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.