काठमाण्डौ । नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि असोज ६ गते सार्वजनिक गरेको छ । नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ ।
जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ ।
२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट रअन्य सामानहरू अर्डर गर्न सक्छन् ।
कम्पनीका संस्थापक तथा सीईओ, श्याम रत्न माली भन्छन् ‘फेशन स्टाइलभनेको हामीले के लगाउँछौं भन्नेमात्रहोइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँगपनिजोडिएको हुन्छ । जूट फेशनको यात्रामाहामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेकाछौं र गरिरहेनेछौं ।’
नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमाथप ५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् ।