बुधबार, आश्विन २२,२०८२ 08:21:40
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 08:21:40
IME remit
Global IME Bank Limited

पूँजी बजारको स्थायित्व र विकासका लागि गर्भनर पौडेल सकारात्मक

Hyundai Nepal
पूँजी बजारको स्थायित्व र विकासका लागि गर्भनर पौडेल सकारात्मक
Shivam Cement

काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूबीच धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जङ्ग जिसी एवं नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल लगायतको उपस्थिति रहेको थियो।

छलफलका क्रममा गभर्नर डा. विश्व पौडेलले वर्तमान आर्थिक अवस्थामा सबै पक्ष संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले सेयर बजारमा राजनीतिक र सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्ने हुनाले अर्थतन्त्रका सबै निकाय तथा सरोकारवालाहरूले आर्थिक व्यवहारका हरेक पक्षमा सतर्कता अपनाउँदै सकारात्मक गतिविधिलाई प्रवर्द्धन गर्न आवश्यक रहेको विचार व्यक्त गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताका प्रतिनिधिहरूले गभर्नर डा. विश्व पौडेलको विचारप्रति ऐक्यबद्धता जनाउँदै, बजारमा सकारात्मक वातावरण सिर्जना गर्न नियामक निकायको अभिभावकीय भूमिका अपरिहार्य रहेको बताए।  

लगानीकर्ताले बजारमा तत्काल आत्मविश्वास फर्काउन र संरचनागत सुधार गर्नका लागि राष्ट्र बैंकको स्तरबाट देहायबमोजिमका नीतिगत व्यवस्थाहरू तत्काल लागू गर्न निम्न एकीकृत सुझाव पेश गरेः

१. सेयर धितो कर्जामा सहजीकरणः  सेयर धितो कर्जाको मार्जिन ८०/२० कायम गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाथि लगाइएको २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्ने।

२. लघुवित्तको लाभांशः लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशमा लगाइएको सीमा (क्याप) पूर्ण रूपमा हटाउने।

३. ब्याज भुक्तानीमा राहतः हालको असहज परिस्थितिलाई मध्यनजर गरी लगानीकर्ताहरूले बुझाउनुपर्ने ब्याज भुक्तानीको म्याद थप गरी सो अवधिभित्र तिर्दा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्ने।

४. संस्थागत लगानीकर्ताको प्रवेशः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू तथा सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत लगानीकर्ताहरूलाई आफ्नो लगानीयोग्य पुँजीको एक निश्चित प्रतिशत रकम अनिवार्य रूपमा धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने।

५. बजारको दायरा विस्तारस् बैंक तथा वित्तीय संस्था र गैरआवासीय नेपाली(एनआरएन)हरूलाई दोस्रो बजारमा लगानी गर्नका लागि थप सहज र बिना शर्त पहुँचको व्यवस्था मिलाउने।

लगानीकर्ताको सुझावहरू ग्रहण गर्दै गभर्नर डा.विश्व पौडेलले बजारको स्थायित्व र विकासका लागि राष्ट्र बैंक सकारात्मक रहेको र प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन दिए। 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.